२५ जेठ २०८३, सोमबार

यी देशमा सजिलै रक्सी पिउन पाइँदैन

कात्तिक २०, २०७४
यी देशमा सजिलै रक्सी पिउन पाइँदैन

 स्वास्थ्यलाई हानि गर्ने रक्सी पिउनु व्यक्तिको निजी रुचिको कुरा हो । रक्सीका सम्बन्धमा प्रत्येक देशका आफ्नै कानून छन् । कुनै कुनै देशमा रक्सीमाथि पूर्ण प्रतिबन्ध छ भने कतै चाहिँ खुल्ला छुट छ । यहाँ हामी रक्सी पिउन गाह्रो हुने मुलुकको चर्चा गर्दैछौं ।

१. यमन
यमनमा रक्सीविरुद्ध कडा कानून छ । रक्सी पिउनुलाई कानून तोडेको मानिन्छ र पिउनेलाई सिधै जेल पु–याइन्छ ।

२. संयुक्त अरब एमिरेट्स
संयुक्त अरब एमिरेट्स वा युएईमा पनि रक्सी पिउन कडाइ छ । यहाँ केही शर्तमा मात्र रक्सी बेच्न पाइन्छ ।

३. सुडान
सन् १९८३ देखि सुडानमा रक्सी पिउन प्रतिबन्ध लगाइएको छ । सुडान सोसलिस्ट युनियनले एउटा रक्सीविरोधी विधेयक पारित गराएर रक्सी बनाउन, बेच्न र खपत गर्न प्रतिबन्ध लगाएको छ ।

४. सोमालिया
सोमालियामा पनि रक्सी बनाउन र कारोबार गर्न मनाही छ । गैरमुसलमान पर्यटकका लागि चाहिँ छुट छ ।

५. साउदी अरब
साउदीमा रक्सी पूरै प्रतिबन्धित छ । विदेशीलाई भने छुट छ तर खुल्लमखुल्ला पिउन पाइँदैन ।

६. माल्दिभ्स
समुद्री तट तथा गजबका रिसोर्टका कारण धेरै पर्यटक माल्दिभ्स घुम्न आउँछन् । यहाँ पनि रक्सी प्रतिबन्धित छ तर विदेशीहरूका लागि अलग्गै कानून छ । केही रिसोर्ट र होटेलमा विदेशीले चुस्की लिन पाउँछन् ।

७. पाकिस्तान
मुसलमानलाई रक्सी पिउन पूरै प्रतिबन्ध छ । तर गैरमुसलमानले सरकारबाट लाइसेन्स लिएर रक्सी किन्न र पिउन पाउँछन् । यसअतिरिक्त केही होटेलमा विदेशीहरूले रक्सी पिउन पाउँछन् ।

८.इरान
अल्कोहल नहालेको बीयर मात्र इरानमा खुल्ला छ । तर मुसलमानले त रक्सी पिउनै पाउँदैनन् ।

९. अफगानिस्तान
अफगानिस्तानको संसद्ले रक्सी पिउनेविरुद्ध कठोर सजायको व्यवस्था गरेको छ । रक्सी बेच्ने वा पिउनेलाई जरिवाना तिराइन्छ, जेलमा हालिन्छ र ६० कोर्रा लगाइन्छ ।

१०. भारत
भारतमा रक्सी पिउने उमेरहद र कानून छन् अनि राज्यैपिच्छेका नियम छन् । गुजरात, केरला र बिहारमा रक्सीमाथि पूर्ण प्रतिबन्ध छ भन्ने पूर्वोत्तर राज्यहरूले पनि प्रतिबन्ध लगाएका छन् । गोवामा भने रक्सी पिउन खुल्ला छुट छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्