२६ जेठ २०८३, मंगलबार

जनतालाई पानीजहाज कहिले चल्छ भन्ने चिन्ता होइनः कर्ण

जनतालाई पानीजहाज कहिले चल्छ भन्ने चिन्ता होइनः कर्ण

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले  आइतबार संसदमा भएको घटनालाई दुर्भाग्यको संज्ञा दिएका छन् । 

राजधानीमा मंगलबार आयोजित कार्यक्रममा कर्णले भने,‘सभामुखले पनि केही न केही गल्ती गर्नुभएकै हो । र, पार्टीको तर्फबाटपनि केही गल्ती भएको हो । अब बीचको बाटोबाट जानुपर्छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले यसलाई टुँगो लगाउँछ ।’ नियामावली जीवन्त रहेकोले सोहीअनुसार अघि बढ्नुपर्नेमा उनको जोड छ । 

कर्णले प्रधानमन्त्रीको सम्बोधनबाट आफूहरुले धेरै आशा गरेपनि आशातित सम्बोधन नआएको गुनासो पोखे । उनले भने,‘रेल कहिले आउँछ ? पानीजहाज कहिले चल्छ ? भन्ने कुरा अहिले जनताको चासाको विषय होइन, बरु रोजी, रोटीको चिन्ता जनतालाई छ ।’

उनले आफूहरुले मुद्दा फिर्ता र संविधान संशोधनको लागि वर्तमान सरकारलाई समर्थन गरेको उल्लेख गरे । 

salt training

कमेन्ट गर्नुहोस्