२९ जेठ २०८३, शुक्रबार

वाइडबडी घोटाला प्रकरणः अनियमितताका दोषीलाई कारवाही मोहनविक्रमको माग

वाइडबडी घोटाला प्रकरणः अनियमितताका दोषीलाई कारवाही मोहनविक्रमको माग

काठमाडौँ–नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वाइड बडी जहाज खरीद प्रकरणमा भएको अनियमितताका दोषीलाई कडा कारवाहीको माग गरेको छ । 

पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको विज्ञप्तिमा उक्त जहाज प्रकरणमा भएको अनियमितता र भ्रष्टाचार अत्यन्त गम्भीर प्रकृतिको भएको उल्लेख गर्दै देशको प्रशासनयन्त्र नै भ्रष्ट रहेको आरोप लगाएको छ ।
 विज्ञप्तिमा केपी शर्मा ओली सरकारको भ्रष्टाचारलाई निर्मूल पार्ने प्रतिबद्धता पनि अर्थहीन हुन सक्नेमा चिन्ता व्यक्त गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्