२६ जेठ २०८३, मंगलबार

२१ जनालाई जेल सजाय

पुस २४, २०७५
२१ जनालाई जेल सजाय

काबुल– लागुऔषध ओसारपसार गरेको आरोपमा अफगानिस्तानको एक अदालतले २१ जनालाई जेल सजायको फैसला गरेको छ । 

लागुऔषधसम्बन्धी मुद्दा हेर्ने एक अदालतले गत सात दिनदेखि चलाइएको १५ वटा लागुऔषधसम्बन्धी मुद्दामा २१ जनाको सहभागीता रहेको ठहर गरेको हो । 

मङ्गलबार जारी विज्ञप्तिमा दोषी ठहरिएका ती व्यक्तिहरूलाई ६ महिनादेखि छ वर्षसम्मको जेल सजाय तोकिएको उल्लेख छ । 

दोषी ठहरिएका व्यक्तिहरूबाट अफगानी प्रहरीले २५६ केजी हिरोइन, ३१ केजी अफिम, १०९ केजी गाँजा, र एक केजी मेटाफेटामिन बरामद गरेको पनि जनाइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्