काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले नेपाल वायुसेवा निमगको वाइडवडी जहाज खरिद प्रकरणमा बारे छानवीनका लागि मार्ग प्रशस्त गर्न संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्रीले राजीनामा गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकको विषेश समयमा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पर्यटन मन्त्रीले राजीनामा गरेर अख्तियारलाई छानविनको बाटो खोलिदिनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीलाई राजीनामा नगराए प्रधामनन्त्री स्वयमले राजीनामा गर्नुपर्ने अबस्था आउन सक्ने उनले चेतावनी दिए ।
‘वाइडवडीमा मन्त्रीका कारण सरकारको वदनाम भएको छ । सदन र संसदीय समितिलाई गुमराहमा राखेका मन्त्रीले राजीनामा गर्नुपर्छ, अख्तियारलाई कारवाही गर्न बाटो सहज गरिदिनुपर्छ’रायमाझीले भने, ‘मन्त्रीलाई राजीनामा नगराए भोलि प्रधामनन्त्रीले राजीनामा गर्नु पर्छ ।’
सांसद रायमाझीले नेपाल वायु सेवा निगमका जहाज मर्मतका लागि सिंगापुर पठाउनु पर्नेमा मलेसिया पठाइनु गम्भीर भएको बताए । उनले पर्यटन मन्त्रीले बारम्बार कुरा फेरेर सदनलाई गुमराहमा राख्ने काम गरेको आरोप लगाए ।
कांग्रेसकै सांसद धनकुमारी खतिवडाले रेशम चौधरीलाई शपथ खुवाएर सरकारले संविधान र विधिको शासन विपरितमा काम गरेको आरोप लगाइन् । उनले सदनमा प्रधानमन्त्री हावी गरेको आरोप लगाइन् ।
‘संसदीय समितिको प्रतिवेदन आएलगत्तै शाही आयोग जस्तै आयोग गठन गर्नु के यो सरकारको हतास मनस्थिती त होइन ?’ उनले प्रश्न गरिन् ।