काठमाडौं, २५ फागुन — हालै बलिउड अभिनेत्री कंगना रनावत र फिल्म निर्देशक करण जोहरका बीच ठूलो विवाद उठेको थियो । अहिले आएर यो झगडाका पछाडि ऋत्तिक रोशनको हात रहेको खबर आएको छ ।

टिभी कार्यक्रम कफी विथ करणमा कंगनाले करण जोहरलाई आफ्नो शुरुवाती दिनमा भाउ नदिएको अनि बलिउडको माफियातन्त्रको एक हिस्सा भएको आरोप लगाएकी थिइन् । करणले तत्कालै त्यसको प्रतिक्रिया नदिएको भएपनि पछि लन्डन पुगेर कंगनालाई बलिउडमा समस्या भएर छोडेर गए हुन्छ भनेका थिए ।
खासमा ऋत्तिक रोशनले करणलाई कंगनाविरुद्ध भड्काएका हुन् भन्ने किसिमका रिपोर्ट पनि आए । कंगना र ऋत्तिक पहिला नजिकिएका भएपनि पछि उनीहरूबीच ठूलो झगडा परेको थियो । ऋत्तिकले त कंगनाविरुद्ध मुद्दा नै दायर गरेका थिए ।
अहिले ऋत्तिकले करण जोहरसँग नयाँ फिल्म गर्दैछन् र उनैले करणलाई कंगनाविरुद्ध बोल्न लगाएका हुन् भनी एउटा पत्रिकाले खबर छाप्यो ।
एजेन्सीको सहयोगमा