१० साउन २०८३, आइतबार

चीनको अर्को चमत्कार : रकेटबाटै उपग्रह बदल्ने प्रविधि विकास

कात्तिक २०, २०७४
चीनको अर्को चमत्कार : रकेटबाटै उपग्रह बदल्ने प्रविधि विकास
काठमाडौं, २५ फागुन — चीनले अन्तरिक्षमा उपग्रह प्रक्षेपित गर्न मिल्ने रकेट बनाइरहेको छ । हावामा प्रक्षेपित रकेटले निष्क्रिय भइसकेका उपग्रहहरूलाई छिट्टै बदल्न सक्ने क्षमता राख्छ । संकटकालीन स्थितिमा मद्दत गर्नका लागि पृथिवी पर्यवेक्षण उपग्रहलाई छिट्टै अन्तरिक्षमा पु–याउन पनि यसले मद्दत पुग्छ ।


चाइना एकेडमी अफ लउन्च भिहिकल टेक्नोलोजीमा रकेट कार्यक्रमका प्रमुख ली तोङ्युले बताएअनुसार एकेडमीका इन्जिनियहरूले लगभग सय किलोको पेलोड पृथिवीको तल्लो कक्षमा पठाउन मिल्ने गरी मोडेल तयार पारेका छन् ।

उनीहरूले एउटा ठूलो रकेट निर्माण गर्ने योजना बनाएका छन् जसले २०० किलोको पेलोड कक्षमा लग्छ ।

जमीनबाट प्रक्षेपित गरिने द्रवित इन्धनयुक्त रकेट तयार पार्न धेरै दिन र हप्ता लाग्छ किनकि इन्धन पम्प गर्न समय असाध्यै खर्च हुन्छ । तर अहिले विकास गर्न लागिएको रकेट ठोस इन्धनयुक्त हुनेछ र प्रत्येक मिसन १२ घन्टामा पूरा हुनेछ ।

यसपछि २०० किलोको उपग्रह पृथिवीमाथि ७०० किलोमिटरको कक्षमा स्थापित हुनेछ ।

पञ्जाब केसरीबाट

salt training

कमेन्ट गर्नुहोस्