०४ असार २०८३, बिहीबार

होसियार! मोबाइलको ब्याट्री पड्किँदा ७ वर्षीय बालकको मृत्यु

होसियार! मोबाइलको ब्याट्री पड्किँदा ७ वर्षीय बालकको मृत्यु

विराटनगर – विराटनगर– १५ रामजानकी टोलमा मोबाइलको ब्याट्री पड्किँदा ७ वर्षीय बालकको मृत्यु भएको छ ।

विस्फोटमा परी मृत्यु हुनेमा स्थानीय सुवास मण्डलका छोरा अमित मण्डल रहेको प्रहरीले जनाएको छ । स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी घाइते भएकी छन् ।

घाइते राधिकाको कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ।  पराल बालेर आगो ताप्ने क्रममा बेवारिसे ब्याट्री पड्केको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय रानी विराटनगरले जनाएको छ।

विस्फोटका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्