०६ असार २०८३, शनिबार

लागूऔषधसहित २ जना भारतीय पक्राउ

लागूऔषधसहित २ जना भारतीय पक्राउ

सुनसरी – सुनसरीको धरान उपमहानगरपालिका–४ सर्दु खोलाबाट लागूऔषध डाइलक्स डीसी र स्पास्मोप्रोक्सिवन चक्कीसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा शुक्रवार दिउँसो ईलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को२०प ८०९८ नम्बरको मोटरसाइकलमा सवार भारतको अररिया जिल्लाका २० वर्षीय सहादत मन्सुरी र १८ वर्षीय रिजवन अन्सारीलाई १५ बोतल डाईलक्स डीसी र २८८ चक्की स्पास्मोप्रोक्सिवन सहित पक्राउ गरेको हो ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्