काठमाडौं— जाडोमा धेरै मान्छेलाई एलर्जीको समस्या हुन्छ । मौसम परिवर्तन हुँदा वा कुनै चीजका कारण एलर्जी हुने हो । यहाँ केही यस्ता उपाय सुझाइन्छ जसलाई अपनाउँदा यस मौसममा तपाईं एलर्जीबाट बच्नुुहुन्छ ।

१ जाडोमा लसुन खानुस् । यसमा भएका एन्टीअक्सिडेन्टले शरीरको रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।
२ दिनदिनै एक गिलास दूधमा एक चम्चा बेसार हालेर पिउनुस् ।
३ दिनदिनै दुई कप ग्रीन टी पिउनुस् । यसले इम्युनिटी बढाउँछ ।
४ कागतीमा भिटामिन सी भरपूर हुन्छ र यसले एलर्जीसँग लड्न मद्दत गर्छ । टन्न पानीमा मज्जाले कागती निचोरेर दिनभरि पिउनुस् ।
५ अदुवामा एन्टीअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण हुन्छन् । यसलाई चपाउँदा एलर्जी भाग्छ ।
६ घर चिसो हुन नदिनुस् । चिसो हुँदा भाइरस बढ्छन् ।
७ चुरोट नपिउनुस् । एलर्जी भएको व्यक्तिलाई चुरोटेको नजिक बस्दा पनि सास फेर्न मुश्किल हुन जान्छ ।
एजेन्सी