०९ असार २०८३, मंगलबार

नेकपाको कार्यदललाई प्रतिवेदन बुझाउन थप समय लाग्ने

पुस २८, २०७५
नेकपाको कार्यदललाई प्रतिवेदन बुझाउन थप समय लाग्ने

काठमाडौँ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सम्पूर्ण साङ्गठनिक एकीकरण टुङ्गो लगाउन गठन गरेको कार्यदललाई आफ्नो प्रतिवेदन बुझाउन थप समय लाग्ने भएको छ ।

पुस मसान्तभित्र सम्पूर्ण साङ्गठनिक एकीकरणको टुङ्गो लगाउन गृहकार्य गरी प्रस्ताव पेस गर्न पुस १३ गते सकिएको स्थायी कमिटीको बैठकले निर्देशन दिएको थियो । तर, हालसम्म मापदण्ड तयार गरी पार्टीको विधानमा मात्र छलफल सकिएको छ । नौ सदस्य कार्यदलमा चारजना मन्त्री नै रहेको हुनाले उनीहरूकोे कार्य व्यस्तताका कारण नियमित बैठक समेत बस्न सकिरहेको छैन । 
कार्यदलका संयोजकमा गृहमन्त्री रामबहादुर थापा , ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक तथा यातायातमन्त्री रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेल प्रदेश ५ का मुख्यमन्त्री छन् । बाँकी सदस्य पार्टीका महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य योगेश भट्टराई, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् । 

कार्यदलका सदस्य पाण्डले भने, ‘‘समयमै प्रतिवेदन तयार गरेर पार्टीलाई बुझाउन खोजेका थियौं तर यो पुसमसान्तभित्र नभ्याइएला जस्तो छ । सदस्यहरूको कार्यव्यस्तताका कारण नियमित बैठक पनि बस्न सकिरहेको छैन ।’’ 
 

salt training

कमेन्ट गर्नुहोस्