लोकान्तर संवाददाता
काठमाडौं, २५ फागुन –तपाईको मोवाइलमा सेभ नभएको वा नचिनेको नम्बरबाट फोन आउँछ ? यदि यसरी अपरिचित नम्बरबाट फोन आउने गरेको छ भने यसको समाधान हुने भएको छ ।

अब अपरिचित नम्बरबाट आएको फोन पत्ता लगाउने एप सार्वजनिक गरिएको छ ।
कुनै नचिनेको नम्बरबाट आएको फोन हो वा सेभ नगरेको नम्बर, तपाइँले यो एप्स डाउनलोड गर्नुभयो भने फोन गर्ने व्यक्तिको नाम सहजै पत्ता लगाउन सक्नुहुनेछ ।
तपाइँको मोबाइलमा घण्टी बज्नासाथ कसले फोन गरेको हो भन्ने कुरा सहजै पत्ता लाग्छ । नेपालीले नेपालीकै लागि बनाएको यो एप्स नेपाली बजारमा पहिलो हो ।
अब तपाइँ सिधै गुगल प्लेस्टोरमा गएर यस्तो एप्स डाउनलोड गर्न सक्नुहुनेछ ।
विश्व बजारमा एप्सको प्रतिस्पर्धा भैरहेका बेला नेपाली बजारमा पनि त्यस्तै खालका एप्सहरु सार्वजनिक हुने क्रममा मोबाइल प्रयोगकर्तालाई ध्यानमा राखेर ‘Nepal Caller : नेपाल कलर’ गुगल प्लेस्टोरमा राखिएको हो ।
अहिले यो एप्लिकेसन एन्ड्रोइड भर्सनमा मात्र उपलब्ध रहेको छ ।
कसरी गर्ने डाउनलोड ?
तपाईको मोबाइलमा रहेको गुगल प्ले स्टोरमा गएर नेपाल कलर (Nepal Caller) सर्च गर्नुहोस् । अनि त्यसमा क्लिक गरेर डाउनलोड गर्न सकिनेछ ।
डाउनलोडका लागि यो लिंकमा पनि जान सक्नुहुनेछ : https://goo.gl/Iix2LN