१८ असार २०८३, बिहीबार

अपडेटः फूलचोकीमा हराएका ४ किशोरीसहित १६ जना प्रहरीको सम्पर्कमा

अपडेटः फूलचोकीमा हराएका ४ किशोरीसहित १६ जना प्रहरीको सम्पर्कमा

काठमाडौं– ललितपुरको फुलचोकी घुम्न जाँदा हराएकाहरु प्रहरीको सम्पर्कमा आएका छन् । काठमाडौंबाट घुम्नको लागि त्यहाँ पुगेका उनीहरु शनिबार दिउँसोदेखि हराइरहेका थिए । 

महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी  रविन्द्रसिंह धानुकले हराएका ४ किशोरीसहित १६ जनालाई फेला पारेको जानकारी दिए । उनीहरुका हराएको खबरपछि खोजतलासमा खटिएको प्रहरी टोलीले राती ८ बजे फेला पारेको बताइएको छ । 

प्रहरीका अनुसार फूलचोकी हाइटबाट फर्कँदै गर्दा उनीहरुले एकाएक बाटो भुल्न पुगेका थिए । त्यसपछि प्रहरीको १०० मा फोन गरी जानकारी गराएका उनीहरुलाई खोज्न १०० भन्दा बढी प्रहरी विभिन्न समूहमा विभाजिवत बनेर खोजीका लागि जंगलमा परिचालित भएका थिए ।

प्रहरीको सम्पर्कमा आएका उनीहरु १६ देखि २४ वर्ष उमेर समूहका रहेका छन्।

गतवर्ष फुलचोकी घुम्न गएका १७ वर्षीय स्कुले बालक हराएको ६ दिनपछि सकुशल फेला परेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्