१२ असार २०८३, शुक्रबार

रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान, जवाफी कारवाहीमा एकको मृत्यु

पुस २९, २०७५
रुपन्देहीमा प्रहरी र तस्करबीच गोली हानाहान, जवाफी कारवाहीमा एकको मृत्यु

रुपन्देही– रुपन्देहीको भैरहवामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको छ । प्रहरीको जवाफी कारवाहीमा एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हाने प्रहरीकाे दाबी छ ।

गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा स्वरुप गोली प्रहार गर्दा तस्करको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएकाे छ । करिब ३५ वर्षका तस्करले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको हाे ।

प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हाे। मृतक भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ। घटना शनिबार राती १२ बजेतिर भएकाे हाे ।

salt training

कमेन्ट गर्नुहोस्