२३ जेठ २०८३, शनिबार

एनआई सी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्ली बजारमा

एनआई सी एशिया बैंकको नयाँ शाखा जाजरकोटको डल्ली बजारमा

एनआई सी एशिया बैंकको नयाँ शाखा कार्यालय जाजरकोटको नलगाड नगरपालिका वडा नं ७, जाजरकोटस्थित डल्ली बजारमा खोलिएको छ । 

शाखाको उद्घाटन नलगाड नगरपालिकाका नगर प्रमुख टेकबहादुर रावलबाट भएको थियो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफल भएको बैकले जनाएको छ । 

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको र कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको बैंकले दाबी गरेको छ ।

हालसम्म यस बैंकमा ग्राहकको संख्य ाकरिब १४ लाख पुगेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालनागर्दै आएको जनाएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालनगर्ने योजना अगाडि सारेको जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्