०४ असार २०८३, बिहीबार

पम्पिओले साउदी अरबका युवराजलाई भेट्ने, खशोग्गी हत्याको कुरा उठाउने

पम्पिओले साउदी अरबका युवराजलाई भेट्ने, खशोग्गी हत्याको कुरा उठाउने

काठमाडौं — अमेरिकाका परराष्ट्रमन्त्री माइक पम्पिओले साउदी अरबको भ्रमणमा युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्ने भएका छन् । 

यसक्रममा उनले पत्रकार जमाल खशोग्गीको हत्याका बारेमा पनि चर्चा गर्ने सम्भावना छ । पम्पिओले शनिवार सीबीएस न्युजलाई खशोग्गी हत्याका विषयमा भने, ‘हामीले निरन्तर भनिरहेको कुरा नै मैले भन्ने हो । अमेरिकाको निजी र
सार्वजनिक दृष्टिकोण समान छ । त्यो एक जघन्य हत्या थियो र अस्वीकार्य पनि । यसमा जिम्मेवार मानिसलाई दण्डित गर्नुपर्छ । हामी यस विषयमा प्रतिबद्ध छन् । जति छिटो हुन सक्यो त्यति हामी अघि बढ्छौं ।’

डिसेम्बर २०१८ मा अमेरिकी सिनेटले खशोग्गीको हत्याका विषयमा साउदी अरबका युवराजको आलोचनाका विषयमा एक प्रस्ताव पारित गरेको थियो ।

यसअघि अमेरिकाका दुई दलहरू रिपब्लिकन र डेमोक्रेटिक सांसदहरू, पत्रकार खशोग्गीका साथीहरू अनि प्रेस स्वतन्त्रताको वकालत गर्ने समूहहरूले हत्याको १०० दिन बितेको अवसरमा बिहीवार शोक कार्यक्रम आयोजना गरेका
थिए । अमेरिका झण्डाअगाडि खशोग्गीको चित्र राखेर केही क्षणका लागि मौनधारण गरिएको थियो । 

सदनका अध्यक्ष न्यान्सी पेलोसीले वाशिङटनमा आयोजित कार्यक्रमका बेलामा भनिन्, ‘खशोग्गीको हत्या मानवतामाथिको अत्याचार र अपमान हो ।’

खशोग्गीलाई टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावासमा हत्या गरिएको थियो । उनी आफ्नो बिहेको कागजात मिलाउनका लागि त्यहाँ पुगेका थिए ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्