काठमाडौं, २६ फागुन-प्रमुख प्रतिपक्ष दल एमालेले राजविराज आक्रमणको देशव्यापी भण्डाफोर गर्ने निर्णय गरेको छ, आजको राजधानी दैनिकमा खबर छ ।

मेची–महाकाली अभियानका क्रममा सप्तरी सदरमुकाम राजविराजमा नेतृत्वको सामूहिक हत्या गर्ने योजनासहित आक्रमण भएको भन्दै देशव्यापी भण्डाफोर गर्ने निर्णय एमालेले गरेको हो ।
बुधबार बसेको एमाले सचिवालय बैठकले राजविराज घटनाको भण्डाफोर जरुरी रहेको ठहर गरी सबै जिल्ला सदरमुकाममा आमसभा गरी घटनाबारे जानकारी गराउने निर्णय लिएको हो ।
राजविराज घटना र मेची–महाकाली राष्ट्रिय अभियानका बारेमा जानकारी दिन देशभरका सबै जिल्लामा आमसभा आयोजना गर्ने निर्णय बैठकले गरेको सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।