गुल्मी, १ पुस–पाँच नम्बर प्रदेश टुक्र्याएको विरोधमा गुल्मी आज १७ औं दिन पनि बन्द छ ।

बन्दका कारण जनजीवन प्रभावित भएको छ । सरकारी कार्यालयहरु खुल्न सकेका छैनन् भने बजार पनि बन्द रहेको छ ।
यसैबीच जिल्ला प्रशासन कार्यालय गुल्मीमा आन्दोलनकारी लगाएको ताला खोल्न खोज्ने क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरी र प्रदर्शनकारी तर्फ गरी ३० भन्दा बढी घाइते भएका छन् ।
पाँच नम्बर प्रदेशको सीमा हेरफेर गर्दै सरकारले संशोधन प्रस्ताव दर्ता गरेसँगै त्यहाँ स्थानीय आन्दोलित भएका छन् । उनीहरुले संशोधन प्रस्ताव फिर्ता नभएसम्म आन्दोलन जारी रहने जनाउँदै आएका छन् ।