२३ असार २०८३, मंगलबार

एउटै गाउँबाट ५० लाखको सिमी निकासी

कात्तिक २०, २०७४
एउटै गाउँबाट ५० लाखको सिमी निकासी
बाबियाचौर, म्याग्दी, २६ फागुन –म्याग्दीको एउटै गाउँका कृषकले सिमी बिक्री गरेर ५० लाख रुपैयाँ कमाई गरेका छन् ।

म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने दोवा गाउँबाट ५० लाख रुपैयाँ बराबरको सिमी निकासी भएको हो । बेनी, जोमसोम, पोखरा र काठमाडौँमा यस वर्ष २५ मेट्रिक टन सिमी निकासी भएको अगुवा कृषक शेरबहादुर गर्बुजाले बताए ।

सिमीबाट दाल र अचारको परिकार बनाउने गरिन्छ । सिमी सङ्कलन गरेर निकासीको व्यवस्था गर्दै आएका गर्बुजाका अनुसार प्रतिकिलो २ सय रुपैयाँका दरले सिमी बिक्री भएको हो । सिमी बिक्री गरेर एकजना कृषकले २० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म आम्दानी गरेका दोवा–६ का किरण पुर्जाले बताए।

बोटबाट नटिप्दै अग्रिम पेस्की दिएर सहरी क्षेत्रका व्यापारी गाउँमै आएर सिमी खरिद गरेका थिए । दुई सय ८० घरधुरीको बसोबास रहेको दोवाका बासिन्दाले सिमीलाई गाउँको मुख्य आयस्रोत बनाएका छन् । दोवामा खेती हुने छिर्केमिर्के जातको सिमी स्वादिलो र गुणस्तरीय हुने भएकाले उपभोक्ताको रोजाइमा परेको हो ।

स्वास्थ्यवद्र्धक, स्वादिलो, छिटो पाक्ने र लयालो हुने भएकाले दाल बनाउनका लागि छिर्केमिर्के सिमीलाई उपभोक्ताले रुचाएको बेनीका होटल व्यवसायी कृष्णबहादुर बरुवालले बताए । सिमीलगायतका कृषि उपज निकासी र आवतजावतको सुविधाका लागि दोवाका बासिन्दाले गत वर्ष गाउँसम्म सडक पु¥याएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्