२३ असार २०८३, मंगलबार

सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ३ घाइते

सवारी दुर्घटनामा ४ जनाको मृत्यु, ३ घाइते

सर्लाही – सर्लाही जिल्लामा शनिवार बिहान भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ३ जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जंगलमा रोकी राखेको बसमा ट्रकले ठक्कर दिँदा बसमा सवार २ र ट्रकमा सवार १ जना गरी ३ जनाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् । 

पूर्वको झापाबाट काठमाडौं जाँदै गरेको ना४ख ९७५४ नम्बरको बस बिग्रेर रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ना५ख ७१२९ नम्बरको ट्रक पछाडिबाट ठक्कर दिँदा इलाम सुलुबुलुम नगरपालिकाका–२७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका–१६ की ३० वर्षीय विनेता राई र ट्रकमा सवार पर्सा वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका अन्दाजी ३५ वर्षीय रहिम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेमा नुवाकोट विदुर नगरपालिका– १३ का ३५ वर्षीय दावा तामाङ, बस चालक झापाका अर्जुनधारा नगरपालिका–६ का ३५ वर्षीया राजेन्द्र खतिवडा र बसका सहचालक उदयपुर कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकारी गम्भीर घाइते भएका छन् ।

तामाङको खुट्टा भाँचिएकाले उपचारका लागि काठमाडौं पठाइएको छ । खतिवडाको टाउकोमा गम्भीर चोट लागको छ । उनको उपचारका लागि महोत्तरीको बर्दिवास लगिएको छ । 

त्यसैगरी अधिकारीलाई सामान्य चोट लागेकाले उनको उपचार सर्लाहीको लालबन्दीमा भइरहेको प्रहरीले जनाएको छ ।

शनिवार बिहान करीब ९ बजेको समयमा ईश्वरपुर नगरपालिकाबाट त्रिभुवन नगर आउँदै गरेको ना३ख १५१२ नम्बरको यात्रुबाहक बसले ब्रहम्पुरी गाउँपालिकामा १ बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–३ भेल्हीका रामबाबु मुखियाको ६ वर्षीय छोरी सोनाली कुमारी मुखियाको मृत्यु भएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्