११ असार २०८३, बिहीबार

तराईमा सातामा तीन जनामाथि प्रहरीको गोली

माघ ६, २०७५
तराईमा सातामा तीन जनामाथि प्रहरीको गोली

काठमाडौं–तराईका जिल्लामा पेसेवर रूपमा आपराधिक गतिविधिमा संलग्नविरुद्ध प्रहरीले आक्रामक कारबाही सुरु गरेको छ । केही आपराधिक समूहले ‘टाउको उठाउने’ तयारी गरेको सूचना प्राप्त भएको भन्दै प्रदेश २ र ५ मा प्रहरीले गम्भीर किसिमका अपराधमा संलग्नलाई देख्नेबित्तिकै गोली हान्ने रणनीति लिएको हो । 
आजको नयाँ पत्रिका दैनिक लेख्छ–प्रहरीको रणनीतिक कारबाहीअन्तर्गत पछिल्लो एक सातामा तीनजनामाथि गोली प्रहार भएको छ । एकजनाको मृत्यु र दुई घाइते भएका छन् । सिरहा र बाँकेमा दुईजनालाई खुट्टामा गोली हानेर पक्राउ गरेको छ भने रूपन्देहीमा एकको ज्यान गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्