२७ जेठ २०८३, बुधबार

पूर्व पतिसंग अन्जुले गाइन् ‘सम्झे पनि तिम्रो याद’ [भिडियोसहित]

पूर्व पतिसंग अन्जुले गाइन् ‘सम्झे पनि तिम्रो याद’ [भिडियोसहित]

काठमाडौं– गायिका अन्जु पन्त र गायक तथा संगीतकार मनोजराज शिवाकोटीको स्वरमा ‘सम्झे पनि तिम्रो याद...’ बोलको नयाँ गजल गीत सार्वजनिक भएको छ ।

गजलकार सुरेश वाग्लेको एकल एल्वम ‘तिमी साथ भएपछि’मा समावेश गजलमा गजलकार वाग्लेको शब्द तथा मनोजराजकै संगीत सुन्न सकिन्छ । 

निकेश खड्काको निर्देशनमा तयार भएको सार्वजनिक गजल गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंको अभिनय देख्न सकिन्छ । सार्वजनिक गीतलाई सचिन सिंहले एरेन्ज गरेका हुन् ।

डिभोर्सपछि पहिलो पटक अन्जु र मनोजराजले  यसै गीतमार्फत् सांगितिक सहकार्य सुरु गरेका हुन् । गीतको भिडियो सार्वजनिक सम्बन्धमा कुरा गर्दै रचनाकार वाग्लेले अन्जु पन्त र मनोजराजसंग आफ्नो निकै पुरानो चिनजान रहेको बताउँदै उनीहरूको पारिवारीक सम्बन्धभन्दा टाढा रहेर सांगितिक यात्रालाई निकट बनाएको बताए । उक्त गजल करिव १५ वर्ष अघि उनीहरूले  स्टेजमा गाउने गरेको सम्झँदै वाग्लेले आफ्नो विशेष पहलमा उनीहरूलाई फेरि सङ्गै गाउने वातावरण तयार गरेको जानकारी दिए। 

सार्वजनिक भिडियोमा निर्देशक निकेश खड्काले  गायिका अन्जु पन्तको जीवनमा भएको वास्तविक भूमिकामा नायिका प्रियंका कार्की र मनोजराजको भूमिकामा मोडल अनिल थापालाई दर्शक स्रोतामाझ प्रस्तुत गर्ने प्रयास गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्