
राणा शासनमा राणा र प्रजातन्त्रमा राजालाई दोष देखाएर उम्कने नेताहरु फेरिए, तर प्रवृत्ति फेरिएन । समयको परिवर्तनसँगै देश विकास र नेतामा पनि परिवर्तन आउने आकांक्षा राखेका जनतामा नेताको उही प्रवृत्तिले निराश वनाइदियो ।
इतिहास भजाएर र पारिवारिक पृष्ठभूमि देखाएर राजनीतिमा छिरेका नेपाली नेताहरुको योग्यता, क्षमता र कार्यकुशलता इतिहासको भन्दा पृथक हुन सकेन । वैचारिक स्तर विनाको नेता भइ टोपल्लिएकाहरुबाट पनि परिवर्तनका आशा गर्नु कमजोर जनताको मनस्थिती शिवाय केही हुँदैन । ‘गधालाई धोएर गाई वनाउन सकिँदैन’ भन्ने लोक उक्तिलाई समेत बेवास्ता गरि नेतालाई सर्वमान्य ठान्नु नै जनताको कमजोरी वनिदियो ।
पात्र फेरिए, प्रवृत्ति फेरिएन ।
हिजोको सत्ता र शक्तिको चास्नीमा चुर्लम्म डुबेका नेताहरु आजको यो वदलिदो परिवेशमा पनि आफुलाई श्री ३ महाराज सम्झने कुकृत्य रहिरह्यो । जनताप्रति नेता समर्पित हुनुपर्नेमा नेतामुखी जनता वनिदिदाँ समाज अस्तव्यस्त भयो । शक्ति र सत्ता मात्र सर्वेसर्वा सम्झने नेता ढुङ्गेयुगवाट २१ औ शताव्दीको संचारको यो युगमा आइसक्दा समेत जनतालाई भेडा मात्र सम्झने सोचमा परिवर्तन आएन । जसको फलस्वरुप योग्य र सक्षम जनताहरुसमेत नेतामुखी वन्न वाध्य भए ।
नेताको परिचयमा ह्रास आइसक्यो । तर नेतामा सोचको विकास आएन, शक्ति आर्जनका लागि जे पनि गर्ने र सत्तामा पुगिसकेपछि जनतालाई विर्सने परिपाटी झन विकराल हुँदै गयो ।
राजनीति शव्द नै फोहरी लाग्न थालिसकेको परिस्थितिमा पनि राजनीतिका नाममा लाजनीति गर्ने खुल्ला परिपाटी विकास भयो । जनतामुखी नेता हुनुपर्ने नेतामुखी जनताको भीडले नेताको घमण्डलाई झन माथि पुरयाइदियो । परिवर्तनका नारा ओकल्ने नेता परिवारका अगाडि निरीह देखिए ।
देश परिवर्तन गर्छु भनेर जंगल पस्ने र आम जनताको छोरालाई मृत्यृवरण गर्न वाध्य पार्ने नेताहरु शक्ति सत्ता र पैसामा चुर्लम्म डुबे । त्यही डुवानको रस्वादानमा पुगेपछि जनताको पीडा विर्सिए ।
राजनीति आफैंमा सेवा हो, व्यापार होइन भन्ने समान्य ज्ञान समेत नभएका नेता र त्यस्ता नेतालाई जिताउने जनताहरु राजनीतिका नाममा स्वार्थी व्यापारी वनिदियो । त्यही स्वार्थको फाइदामा रमाउने नेताहरुले जनताको कमजोरी बुझ्दै राजनीतिलाई खेती बनाए ।
व्यक्तिको योग्यता, क्षमता र कार्यकुशलता के हो भन्ने भेउसम्म पाउन नसक्ने राजनैतिक दलका नेतृत्वका कारण आम जनता लामो समयसम्म वन्धक जस्तै बनिरहेका छन् । देश भ्रष्टाचार, वेथितीमा डुव्न पुग्यो । जनताका नाममा राजनीति गर्ने तर अर्बौं एक्लै हसुर्ने नेताहरु जनताका नजरमा जर्नादन बने । जीवन के का लागि र समाज प्रति मेरो भुमिका के हो भन्ने भेउ पाउन नसक्ने कमजोर आर्थिक अवस्थामा गुज्रिएका जनताका लागि स्वार्थी नेताहरु फगत भगवान सिद्ध भए । जनताको कमजोरीमा टेकेर नेताहरुले आफ्नो जीवन शैलीलाई समान्यबाट धनी बर्गमा परिणत गरे । सिमित घेरा भन्दा माथि सोच्न नसक्ने नेताहरु विदेशीको कठपुतली बन्न पुगे ।
सत्ता केवल कमाउनका लािग हो भन्ने मान्यतामा परिणत भयो । पद कमाउने भ¥याङ बन्यो । अर्बौं कमाउने ध्यानमा मस्त नेताहरु यसैलाई नै राजनीतिको सुन्दर रुप मानिरहेका छन् । हिजो राणा र राजाको अन्याय, अत्याचार र भ्रष्टाचारमा औलो ठड्याउने नेताहरु अहिले आफ्ना कर्तुतबारे कसैले बोले उ विरुद्ध जाइलाग्न थालेका छन् । सत्ताको संरचना जस्तै केन्द्रिय नेताहरु विदेशीको गुलामी वन्दा अरु नेताहरु केन्द्रीय नेताहरुको गुलामीमा मस्त बने । त्यो गुलामीको पराकाष्ठ सिहदरवार र टोलटोलमा पुग्यो र गुलामीको हद घरघरमा पस्यो । कमाउने गतिलो माध्यम राजनीति बन्यो ।
पढाइमा कमजोर भएकाहरु कालान्तरमा नेता बने । नेताहरुले कमाउनका लागि राजनीतिलाई व्यापारिकरण गरे ।
यो प्रवृत्ति हिजो पनि चलिरह्यो र आज हुँदै कालान्तरसम्म चल्ने निश्चित छ ।
हिजो राणा र राजाको शासनकालमा चर्को विरोध गर्नेहरु सत्तामा पुगेपछि शान्त वने । शक्ति र सत्ताको चास्नीमा रमेकाहरु इतिहास भजाएर कुर्सिमा लिप्त बने । योग्यता र क्षमता विनाका राजनीति देश र जनताका लागि घाँडो बनिरहेको छ । नेता हुँ भन्ने भावनाले ग्रसित नेता र जनप्रतिनिधीहरुले आफूलाई राजा महाराज र सिहं बने ।
हिजोसम्म कमाउन नसकेकाहरु यही मौकामा अर्बौं कमाउने ध्यानमा लिप्त बनिरहेका छन् । दफा र धारामा अल्झाएर होस वा राजनैतिक पूर्वाग्रहका आधारमा उनीहरुको ध्यान देशको विकास भन्दा बढी कमाउमा रहेको छ । भोलि के हो के ? भन्ने मस्तिष्कमा जरा गाडेको सोचलाई नेताहरु सिर्फ भुडी भर्नमा व्यस्त बनेका छन् ।
देशमा व्यवस्था परिवर्तन भयो, सिमित नेता परिवर्तन भए तर उनीहरुको सोचमा परिवर्तन आउन सकेन ।
राजनीतिका नाममा नेताहरु रोडपतिबाट करोडपति वने, तर जनताको जीवनस्तरमा सुधार आएन । जनमुखी नेता भन्दा नेतामुखी कार्यकर्ता र जनताको भीडले चुर्लम्म डुवेको राजनीतिको नाममा भएको ‘लाजनिती’ले मुन्टो उठाईरहयो । नेतामा नफेरिएको सात सालको सोच ०७५ सालमा पनि उही रहेको पाउन सकिन्छ ।
नेताहरुले जनमतको कदर गरि प्राप्त अवसरलाई देश र जनताको जीवनस्तर उकास्नमा लाग्नुपर्नेमा परिवारवाद र नाता गोतामा लाग्दा देशको स्वाथ्र्य प्रमुख बन्न सकिरहेको छैन ।
जनताको मतबाट जितेका र सत्ताको स्वाद लिन पाएका नेताले जनतालाई दास र आफूलाई मालिक वा जनार्दनको रुपमा चित्रित गर्ने प्रवृत्तिमा विकास भएको छ । नेतामा भएको शक्ति र सत्ताको उन्मादले जनताको शिर विदेशी अनुदानको ऋणमा चुर्लम्म डुवेको छ । यसरी ‘जनताका लागि जनताले गर्ने शासन’मा भइरहेको अराजकता र व्यथितिका विरुद्ध जनता नै जागरुक हुनुपर्ने अवस्था बनेको छ ।