२३ असार २०८३, मंगलबार

मोटरबाटो निर्माणपछि कञ्चनजंघा हिमालको आधार शिविरतर्फ जाने पर्यटकलाई समस्या

मोटरबाटो निर्माणपछि कञ्चनजंघा हिमालको आधार शिविरतर्फ जाने पर्यटकलाई समस्या

विराटनगर– तेह्रथुमको वसन्तपुरवाट संखुवासभाको गुफा हुँदै विश्वको तेस्रो हिमश्रृङखला कञ्चनजंघा हिमालको आधारशिविरतर्फ जाने पर्यटकलाई समस्या हुन थालेको छ । पदमार्ग मासेर सरकारले धमाधम मोटर बाटो निर्माण गर्न थालेपछि यो रुट भएर ओहोर–दोहोर गर्ने पर्यटकलाई समस्या हुन थालेको हो । 

वसन्तपुरवाट शुरु हुने यो पदमार्ग भएर पर्यटकहरु वर्षेनी कुम्भकर्ण, कञ्चनजंघा र मकालु हिमाल आधार शिविरतर्फ जाने गर्छन् । पर्यटकले मन पराउने र उनीहरु हिड्दै आएको पदमार्ग भत्काएर सरकारले मोटर बाटो निर्माण गरीदिए पछि यो पदमार्ग भएर आउने पर्यटकको संख्यामा समेत कमी आएको छ ।

क्याम्पिङ गरेर बास बस्दै हिड्न पाइने भएकाले पर्यटकहरु यो रुट भएर आउन मन पराउने गरेको पर्यटन व्यवसायी तथा गाईड लाक्पा शेर्पाले बताए । पर्यटकका लागि सजिलो र आनन्ददायक मानिएको बसन्तपर, तीनजुरे, चौकी, गुफा, दोभान हुँदै हिमाली वस्ती घुन्सा सम्मको पदमार्गमा मोटर बाटो निर्माण भैरहेको छ ।

यस क्षेत्रको पर्यटन विकासका लागि छुट्टै पदमार्गको पहिचान गरी निर्माण नगरे प्रदेश नम्वर १ को पर्यटन व्यावसायमा नराम्रो असर पर्ने पर्यटन व्यवसायिहरु बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्