
काठमाडौं– आइतबार सुनको मूल्य ६० हजार ८ सय रुपैयाँ कायम भएको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो कारोबारमा सुन तोलाको ६१ हजार रुपैयाँ थियो । तेजावी सुन भने प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै चाँदी आज तोलाको ७ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।