०५ असार २०८३, शुक्रबार

बलात्कारको अभियोगमा थुनामा रहेका कैदीको मृत्यु

बलात्कारको अभियोगमा थुनामा रहेका कैदीको मृत्यु
प्रतिकात्मक तस्वीर

रत्ननगर – जबरर्जस्ती करणी मुद्दामा थुनामा रहेका एक कैदीको मृत्यु भएको छ ।

क्यान्सर रोगबाट पीडित सर्लाही लालबन्दी ८ का ७० वर्षका शिवराम विकको आज बिहान उपचारको क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा मृत्यु भएको जिल्ला कारागारका प्रमुख कमलप्रसाद काफ्लेले जानकारी दिए । 

उनलाई क्यान्सरको उपचारका लागि गत असोज २८ गते काठमाडौंस्थित केन्द्रीय कारागारबाट चितवन ल्याइएको थियो ।

एघार वर्ष कैद भुक्तान गर्नुपर्ने विकलाई विसं ०७३ चैत १२ गते जेल चलान गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्