२५ जेठ २०८३, सोमबार

अमेरिकाको ६४ वर्ष पुरानो पुल पाँच सेकेन्डमा गर्ल्यामगुर्लम (भिडियो)

अमेरिकाको ६४ वर्ष पुरानो पुल पाँच सेकेन्डमा गर्ल्यामगुर्लम (भिडियो)

काठमाडौं – अमेरिकाको न्युयोर्क शहरमा हडसन नदीमा बनेको ६४ वर्ष पुरानो पुल ब्रिज तपान सीलाई विस्फोट गरेर जम्मा पाँच सेकेन्डमा गर्ल्यामगुर्लुम ढालिएको छ । 

पुलबाट दिनदिनै ४० हजार मानिस ओहरदोहर गर्थे । त्यहाँ अनेकौं ठूला हलिउड फिल्म पनि शूट गरिएका थिए । 

तपान सीको उचाइ ६७२ फीट र लम्बाइ ४.८ किलोमिटर थियो । यसलाई बनाउन तीन वर्ष लागेको थियो । 

अहिले त्यसको छेवैमा नयाँ केबल ब्रिज बनाइएको छ । नयाँ पुलको उचाइ पुरानो पुलभन्दा २५३ फीट कम छ । ध्वस्त भएपछि पुल १४२ फीट गहिराइमा डुब्यो । यसको निर्माण कार्य सन् १९५२ मा शुरू गरिएको थियो । 

तपान सी ब्रिज कोरियाली युद्धपछि ९०० करोड रुपैयाँमा बनाइएको थियो । त्यतिखेरै यसको अवधि ५० वर्षको हुने बताइएको थियो । यसको निर्माण गरिएको पहिलो दशकमा नै ठूलो संख्यामा मानिसहरू यहाँबाट ओहरदोहर गर्थे । 

पुल ध्वस्त पार्दा दुवैतर्फ यातायात रोकियो । 

स्थानीयहरू पुल भत्काएका कारण दुःखी छन् । धेरै मानिसले बाल्यकालदेखि नै पुलबाट ओहरदोहर गरेका थिए । 

विस्फोटको भिडियो यहाँ उपलब्ध छ 

एजेन्सी


 

salt training

कमेन्ट गर्नुहोस्