३१ जेठ २०८३, आइतबार

४० किलो चरेससहित दुई भारतीय पक्राउ

४० किलो चरेससहित दुई भारतीय पक्राउ

तौलिहवा– प्रहरीले चालीस केजी चरेससहित दुई जना भारतीयलाई कपिलवस्तु नगरपालिका–१ बहादुरगञ्ज जाने चोकबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा भारत मोतिहारी जिल्ला पूर्वी चम्पारन थाना रक्सौल ग्राम परेउवाका ३२ वर्षीय ताहिर अली र सोही स्थानका ३२ वर्षीय मोहम्मद आलम रहेको प्रहरीले जनाएको छ । आज साँझ जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । 

पक्राउ परेकालाई जिल्ला अदालतबाट पाँच दिनका लागि थप अनुसन्धान गर्न म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा थुनामा राखिएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए । अन्य संलग्न व्यक्तिका बारेमा समेत सूक्ष्म अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्