
टोकियो– विश्वका सवैभन्दा वृद्ध मानिस मासानो नोनाकाको आइतबार निधन भएको छ ।
विमानको आविस्कार गर्ने राइट्स दाजुभाईभन्दा दुई बर्ष पछि जन्मेका नोनाकाको ११३ बर्षको उमेरमा मृत्यु भएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।
गिनिज वल्र्ड रेकर्डसका अनुसार नोनाकाको जन्म सन् १९०५ को जुलाईमा भएको थियो । उनको जन्म अल्वर्ट आइन्स्टाइनद्वारा प्रतिपादन गरिएको सापेक्षताको सिद्धान्तको प्रकाशन हुनुभन्दा केही महिना पहिले भएको थियो ।
गत बर्ष स्पानियार्ड फ्रान्सिसको नुनेज ओलिभेराको मृत्यु भएपछि वृद्ध जीवित मानिसहरूमध्ये सबैभन्दा पाका व्यक्तिका रूपमा गिनिजले नोनाकालाई औपचारिक मान्यता दिएको थियो ।