
काठमाडौं – टाटा मोटर्स र नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आइतवार प्यासेन्जर भेइकल परिवारमा सबैभन्दा नयाँ उत्पादन टाटा एनआरजी रावत कन्सर्न प्रालिमार्फत् धनगढीमा सार्वजनिक गरेको छ ।
ग्राहकको बढ्दो आकांक्षालाई ध्यान दिँदै टाटा मोटर्सले एसयूभीबाट प्रेरित सवारीसाधन शुरू गरेको हो ।
जसलाई ‘नेपालको सबैभन्दा योङ्गेस्ट कम्प्याक्ट युटिलिटी भेइकल (सीयूभी) को रूपमा राखिएको छ । यसको स्तरीय डिजाइन र प्रविधिका कारणले गर्दा, टाटा एनआरजीले पूर्णरूपमा नयाँ कथा निर्माण गर्नेछ ।
१ दशमलव २ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पिडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ । यो तीनवटा आकर्षक रंगमा उपलब्ध हुनेछ– मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ ।
आइतवारबाट बिक्री शुरू गरिएको टाटा एनआरजी धनगढीको शोरूममा पेट्रोल संस्करण २९ दशमलव ५५ लाखको शुरूवाती मूल्यमा उपलब्ध हुनेछ ।