३० जेठ २०८३, शनिबार

कलाकार गणेश मुनालको निधन

कलाकार गणेश मुनालको निधन

काठमाडौं– कलाकार गणेश मुनालको निधन भएको छ ।

उनको उपचारको क्रममा सोमबार बिहान काठमाडौंको वीर अस्पतालमा निधन भएको हो । उनि लामो समयदेखी अस्वस्थ थिए । यद्यपी निधन हुनुको यकिन कारण भने खुलेको छैन । 

मुनालको पार्थिव शरीर दोहसंस्कारका लागि सोमबार नै पशुपति आर्यघाटमा लगिएको कलाकार निर्मल शर्माले लोकान्तरलाई जानकारी दिए । 

निर्मलले उनिसंग ‘तितो सत्य’मा लामो समय संगै काम गरेका थिए । काठमाडौं चावहिल निवासी मुनालले दर्जनौँ चलचित्रमा अभिनय गरेका छन् । उनी अभिनित पछिल्लो चलचित्र ‘गोपी’ यही माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनले थुप्रै टेलिसिरियलमा पनि काम गरेका थिए ।

उनलाई श्रद्धाञ्जली दिन दर्जनौं चलचित्रकर्मीहरु अहिले पशुपति आर्यघाटमा पुगेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्