११ असार २०८३, बिहीबार

पेट्रोल पम्पमा ठगी, विभागको सिलबन्दी

पेट्रोल पम्पमा ठगी, विभागको सिलबन्दी

काठमाडौं– पछिल्लो समय पेट्रोल पम्पहरुले ठगी गर्न थालेपछि नेपाल गुणस्तर तथा नापतौल विभागले कारवाही प्रक्रिया अघि बढाएको छ ।

विभागले काठमाडौंमा रहेको मैतीदेवी पेट्रोलियम सप्लायर्स र चुच्चेपार्टी फुअल सेन्टरले ठगी गर्ने गरेको पाइएपछि दुवै पम्पमा सिलबन्दी गरिएको जानकारी गराएको हो ।

विभागले अनुमगनका क्रममा दुवै पेट्रोल पम्पले पल्सर वा सेन्टर युनिटमा लागेको सिल किर्ते गरी नक्कली सिलको प्रयोग गरेको प्रमाणित भएको भन्दै कारवाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो ।

नक्कली सिलको प्रयोग गरिएको प्रमाणित भएपछि स्ट्याण्डर्ड नाप र तौल ऐन २०२५ अनुसार तथा नियमावली २०२७ अनुसार दुवै पम्पमा सिलबन्दी गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाएको विभागको भनाई छ ।

salt training

कमेन्ट गर्नुहोस्