०६ असार २०८३, शनिबार

उत्तर कोरियाली नेता किमले जाँड खाएर पूर्वसैनिकलाई हप्काए, सैनिकको रुवावासी

कात्तिक २०, २०७४
उत्तर कोरियाली नेता किमले जाँड खाएर पूर्वसैनिकलाई हप्काए, सैनिकको रुवावासी
काठमाडौं — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन रक्सी पिएपछि होश हराउँछन् ।


केही महिनाअघि यी निरंकुश नेताले बढी रक्सी खाएर आफ्नो देशका भूपू सैनिकहलाई अपमान गरेको खबर अहिले सार्वजनिक भएको छ ।

‘तिमीहरू कसैले पनि जम्मा एउटा सैनिक भूउपग्रह समेत बनाउन नसक्नु भनेको देशद्रोह जस्तै हो,’ किमले जाँड पिएर रातभरि भूपू सैन्य अधिकारीहरूलाई हप्काउँदै भने ।

एक जापानी सञ्चारमाध्यममा यो कुरा छापिएको हो ।

तर भोलिपल्ट बिहान किमलाई रक्सीले छोडेपछि उनले बूढा अधिकारीहरूलाई किन मेरा घरमा आयौ भनी सोधे । रातभरि उनीहरूलाई थर्काएको कुरा उनले बिहान बिर्सेछन् ।

‘तिमीहरू यहाँ किन भेला भएका ?’ उनले सोधे, ‘बूढा भइसकेका छौ, स्वास्थ्यमा ध्यान देओ ।

यो सुन्दा सैन्य अधिकारीहरू रुन थाले । उनीहरू रोएको देख्दा किम खुशी भए ।

‘आफूहरूलाई सफाया गरिन्छ भन्ने डरले काँपेका पूर्वसैनिकहरू किमको कुरा सुनेर ज्यान बाँच्यो भन्ने खुशीले रोए,’ टोकियो शिम्बुन लेख्छ । ‘सबैजना मृत्युदण्डको भयले किमप्रति भक्ति देखाउँछन् अनि कसैले पनि उनका विरुद्ध बोल्ने हिम्मत गर्दैन ।’

न्युज डट् कम डट् एयु

salt training

कमेन्ट गर्नुहोस्