
काठमाडाैं, २६ फागुन-जाजरकोट सदरमुकाम खलंगाबाट खारा गाउँ तर्फ जाँदै गरेको ६० जना यात्रु बोकेको बस दुर्घटनामा परेको छ । दुर्घटनामा ७ यात्रुको मृत्यु भएको जाजरकोट प्रहरीले पुष्टि गरेको छ ।
भेरिमालिका नगरपालिकाको मोडबाट बस दुई सय मिटर तल सडकमा खसेको छ । प्रहरीले दुर्घटनामा धेरेको हताहती भएको आशंका गरेको छ ।
जाजरकोटको खलंगाबाट पश्चिम क्षेत्रको खारा तर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस सडकबाट खोलामा खसेको थियो । बसमा धेरै यात्रु भएका कारण मोडमा अनियन्त्रित भएको आशंका गरिएको छ ।
प्रहरीका अनुसार दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीले उद्दार गरिरहेका छन्।