
काठमाडौं– नेपाल चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेल सञ्चारकर्मी रवि लामिछानेसंग विवाह बन्धनमा बाँधिएकी छिन् ।
सोमबार पौडेल र लामिछानेबीच कोर्ट म्यारिज भएको हो ।
विवाहपछि पत्रकार लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा एक पोष्ट सार्वजनिक गर्दै आफू र पौडेलबीच काठमाडौं जिल्ला अदालतमा विवाह दर्ता गराएको जानकारी दिएका हुन् । आउँदो वैशाखमा आफूहरुले परम्परागत रुपमा विवाह गर्ने रविले जनाएका छन् ।
लामिछानेले केही साता अघि ईशा श्रेष्ठ लामिछानेसंग सम्बन्ध विच्छेद गरेका थिए भने पौडेल पनि डीभोर्सी हुन् ।
यस्तो छ रविको स्टाटस