२३ जेठ २०८३, शनिबार

अफगानिस्तानको सैन्य अड्डामा तालिबानको आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

अफगानिस्तानको सैन्य अड्डामा तालिबानको आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं — पूर्वी अफगानिस्तानमा सोमवार बिहान एक सैन्य अड्डा र प्रहरी प्रशिक्षण केन्द्रमा तालिबानले आक्रमण गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । 

घटनामा ३० भन्दा बढी मानिस घाइते भएका छन् । 

प्रान्तीय अधिकारीहरूले यो आक्रमणको जानकारी दिएका छन् । क्षेत्रको जनस्वास्थ्य विभागका प्रमुख सलेम असगरखेलले मेदान वर्दक प्रान्तमा भएको आक्रमणमा मारिएका मानिस सैन्यकर्मी भएको बताए । 

केही घाइतेलाई उपचारका लागि प्रान्तीय अस्पताल लगिएको छ भने गम्भीर घाइते भएका केही व्यक्तिलाई काबुल लगिएको छ । 

गृह मन्त्रालयका उपप्रवक्ता नसरत राहिमीले एक आत्मघाती कार बम आक्रमणकारीले पहिला सैन्य अड्डामा आक्रमण गरेको र त्यसपछि आतंकवादीहरूले अफगान बलहरूमाथि गोली चलाएका थिए ।

अफगानी सैनिकहरूले दुई तालिबानी आतंकवादीहरूलाई मारे । 

तालिबान प्रवक्ता जबीबुल्लाह मुजाहिदले मिडियामा बयान जारी गरेर यो आक्रमणको जिम्मेवारी लिएका छन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्