२२ जेठ २०८३, शुक्रबार

जाजरकोट बस दुर्घटना : मृतकको संख्या २० पुग्यो

कात्तिक २०, २०७४
जाजरकोट बस दुर्घटना : मृतकको  संख्या २० पुग्यो
काठमाडौं, २६ फागुन - जाजरकोट बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी प्रमुख डीएसपी भावेश रिमालले दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको बताए । उनले भने, ‘घटनास्थलबाट २० जनाको शव निकालिएको छ, उद्दारकार्य अझैं जारी रहेकाले मृतकको संख्या बढ्न सक्छ ।’

जाजरकोट सदरमुकाम खलंगाबाट खारातर्फ जाँदै गरेको ना ३ ख २२७९ नम्बरको बस पासागाढ भन्ने स्थानमा भीरबाट करीब ४०० मिटर तल खसेको हो ।
दुर्घटनामा तीन दर्जन घाइते भएको बताइएको छ । अहिले दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयले उद्दार कार्यकारी राखेका छन् । प्रहरीले मृतकको सनाखत हुन बाँकी रहेको जनाएको छ ।


घुमाउरो सडकमा तीब्र गतिका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको डिएसपी रिमालले जनाएका छन् ।

चलानीमा २३ जना मात्रै यात्रु बोकेर हिँडेको भएपनि बसले बाटोमा यात्रु थप्दै जाँदा संख्या बढेको हो ।


घटनास्थलमा पुगेका रुद्र स्थानीय विकास अधिकारी पण्डितका अनुसार घटनास्थलमा घाइते र मृतकका परिवार शोकाकुल भएका छन् ।



तस्वीरः भेरि खबर डट कमबाट

salt training

कमेन्ट गर्नुहोस्