
काठमाडौं २६ फागुन –नेपाल पत्रकार महासंघ गोर्खा एफएम प्रतिष्ठान शाखाको अध्यक्षमा गोविन्द गिरी निर्विरोध निर्वाचित भएका छन् ।
बिहिवार सम्पन्न चौथो अधिवेशनले गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनबाट सुशील पन्त र पदम न्यौपाने केन्द्रीय पार्सद चयन भएका छन् ।
यस्तै अनन्त मेहता र नवराज अर्याल प्रदेश पार्सद चुनिएका छन् । अधिवेशनमा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष सूर्यमणि गौतम तथा केन्द्रीय सदस्यद्वय रोशन पुरी र सुजर आचार्यले प्रेस स्वतन्त्रताको आन्दोलनमा गोर्खा एफएम प्रतिष्ठान शाखाले सक्रिय भूमिका खेलेको भन्दै प्रसंशा गरेका थिए ।