१० असार २०८३, बुधबार

नेपाली सेनाले दिँदै आएको प्रतिविद्रोह तालिमप्रति विदेशी सेना आकर्षित

माघ ८, २०७५
नेपाली सेनाले दिँदै आएको प्रतिविद्रोह तालिमप्रति विदेशी सेना आकर्षित

काठमाडौं।  नेपाली सेनाले प्रत्येक वर्ष दिँदै आएको ‘प्रतिविद्रोह तथा जंगल वार फेयर’ तालिममा हालसम्म ११ देशका ६२ जना विदेशी सेनाका अधिकृत सहभागी भएका छन् ।

 नेपाली सेनासँग प्रतिविद्रोह तालिमका विषयमा लामो अनुभव रहेकाले विदेशी सेना यसप्रति आकर्षित भएका हुन् । 
 नेपाली सेनाले आफ्ना अधिकृतलाई मात्र दिँदै आएको प्रतिविद्रोह तालिम २०५७ सालदेखि विदेशी सेनालाई समेत दिन सुरु गरेको हो ।  यस वर्ष भने चीन, कोरिया, म्यानमार र पाकिस्तान गरी चार देशका ६ जना सेनाका अधिकृतले नेपाली सेनासँग प्रतिविद्रोह तालिम लिएका छन् ।


नेपाली सेनाका सहायक रथी एवं प्रवक्ता यामप्रसाद ढकालले नेपाली सेनासँग प्रतिविद्रोह तालिमका विषयमा लामो अनुभव रहेकाले विदेशी सेनासमेत तालिमका लागि आउने गरेको जानकारी दिए ।राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्