२२ जेठ २०८३, शुक्रबार

विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया सम्पन्न

कात्तिक २०, २०७४
विश्वकै सबैभन्दा बढी तौल भएकी महिलाको शल्यक्रिया सम्पन्न

नयाँ दिल्ली (भारत), २७ फागुन -विश्वकै सबैभन्दा बढी तौल भएकी इजिप्टकी महिला एमान अहमद अब्देल अटीको तौल नियन्त्रणका लागि भएको शल्यक्रिया सफलताका साथ सम्पन्न भएको छ ।egipt

छत्तिस वर्षीया एमान मुम्बईस्थित सैफी अस्पतालमा बिहीबार सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको छ ।

यही जनवरीमा इजिप्टबाट तौल घटाउनकै लागि उक्त अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको प्रत्यक्ष निगरानीमा बसी उपचार गर्ने क्रममा उहाँको १०० किलोग्राम तौल घटिसकेको अस्पतालले जनाएको छ ।

एमानको सफल ल्यापरोस्कोपिक स्लिभ ग्यास्ट्रेक्टोमी भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अहिले उहाँलाई रसिलो सुप लगायतका खानेकुरा खुवाउन सुरु गरिएको छ । उहाँको शरीर शल्यक्रियाका लागि बेहोस पारिए पनि अहिले क्रमशः सुधार आएको छ ।

एमान विगत २५ वर्षदेखि शारीरिक अवस्थाका कारण घर बाहिर निस्कन सक्नु हुन्नथ्यो । उहाँले गत जनवरीमा विशेष विमानमार्फत भारत ल्याइएको थियो । शल्यक्रिया र उपचारका लागि भारत ल्याउनुपूर्व उहाँको तौल ५०० किलोग्राम रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्