०५ साउन २०८३, मंगलबार

आगोले पोलिएकी ८ महिने गर्भवती पासवाङको मृत्यु, आमाकै गर्भमा बिते ८ महिने शिशु

माघ ९, २०७५
आगोले पोलिएकी ८ महिने गर्भवती पासवाङको मृत्यु, आमाकै गर्भमा बिते ८ महिने शिशु

काठमाडौं – आगोले पोलेर कीर्तिपुर अस्पतालमा उपचारत ८ महिने गर्भवती कान्ती पासवाङको मृत्यु भएको छ ।

पासवाङको बुधवार बिहान साढे ७ बजे मृत्यु भएको उनका पति प्रमोद पासवाङले बताए ।

बाराको कलैया घर भएकी २५ वर्षीया पासवाङको खाना बनाउने क्रममा शरीरको आधा भाग जलेको थियो । कीर्तिपुर अस्पतालको प्लास्टिक सर्जरी वार्डको १२ नम्बर शय्यामा उपचारत पासवाङको छालाको संक्रमण शरीरका अन्य अंगमा फैलिएर मृत्यु भएको उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्रजंग बस्नेतले लोकान्तरलाई बताए ।

उनले भने, ‘शरीर छाला जलेको भएको इन्फेन्सनले अरु अंगहरू छाती, मुटु र किड्नीमा पनि फैलिएर उहाँको मृत्यु भयो ।’ 

पासवाङको पेटदेखि खुट्टासम्मको भाग र दुवै हातका नाडीमा आगोले पोलेको घाउ थियो । पासवाङसँगै उनको गर्भमा रहेको ८ महिनाको शिशुको पनि गर्भमै मृत्यु भएको छ ।

पासवाङको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लैजाने तयारी भएको र पोस्टमार्टमपछि बारा नै लगेर उनको अन्तिम दाहसंस्कार गरिने उनका पति प्रमोदले बताए ।

पढ्नुस् यो पनि -

आगोमा जलेर अस्पतालमा छट्पटाउँदै ८ महिनाकी गर्भवती, छाला खोज्न सकस​

salt training

कमेन्ट गर्नुहोस्