२४ जेठ २०८३, आइतबार

शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ योजनाको दोस्रो लक्की–ड्र सम्पन्न

शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देवदर्शन शिवम्को साथमा’ योजनाको दोस्रो लक्की–ड्र सम्पन्न

काठमाडौं – शिवम् सिमेन्टको ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ उपभोक्ता योजना अन्तर्गतको हेलिकप्टरबाट काठमाडौं–गोसाईकुण्ड–काठमाडौं, देव दर्शन यात्राको दोस्रो चरण अन्तर्गत ६० भाग्यशाली कुपन विजेतामार्फत् १ सय २० जना विजेताको नाम लक्की–ड्रमार्फत् पत्रकार सम्मेलन गरी हेटौडाबाट सार्वजनिक गरेको छ ।

यसअघि काठमाडौंमा पत्रकार सम्मेलन गरी लक्की–ड्र मार्फत ६० कुपनबाट १२० जना छनौटमा गरिएको थियो ।

दोस्रो चरणको लक्की–ड्र  नेपाल भरबाट संकलित कुपनहरूका मध्येबाट पत्रकार सम्मेलन गरी ६० जना भाग्यशाली विजेताहरूको नाम सार्वजनिक गरिएको थियोे ।

जसमध्ये प्रत्येक कुपनवापत २ जना विजेता गरी १ सय २० जनाले हेलिकप्टरबाट गोसाईकुण्ड जान सक्नेछन् । योजनामा हालसम्म १ सय २० कुपनमार्फत् २ सय ४० जना छनौट भइसकेका छन् भने अझै २ सय ४२ जनाका लागि हेलिकप्टरबाट गोसाईकुण्ड देवदर्शन यात्रा जित्ने मौका बाँकी रहेको छ । 

शिवम् सिमेन्टले पुस ५ गतेदेखि ‘लक्ष्मी हातमा देव दर्शन शिवम्को साथमा’ नामक उपभोक्ता योजना सार्वजनिक गरेको थियो जस अन्तर्गत प्रत्येक १० बोराको खरिदमा स्क्रयाच कुपन प्राप्त गरि हात खाली नहुने उपहार १०० देखि १००० रुपैयाँसम्म नगद र २.५० ग्राम देखि १० ग्राम सम्मको सुन समावेस गरिएको थियो भने सोहि कुपनको अर्धकट्टीमा नाम, नम्बर र ठेगाना लेखि काठमाडौं–गोसाईकुण्ड–काठमाडौं हेलिकप्टर यात्राको लागि लक्की–ड्र मा भाग लिन सकिने व्यवस्था मिलाएको थियो । योजनाको छोटो समयमै ग्राहकले उल्लेख्य संख्यामा सहभागिता जनाएका थिए ।

छोटो समयमा उत्साहजनक रुपमा सहभागिता जनाई योजनालाई सफल पार्न सहयोग गरेकामा शिवम् सिमेन्टस् परिवार सम्पूर्ण ग्राहक वर्गलाई हार्दिक धन्यवाद दिँदै अझै यस योजना अन्र्तगत ‘सिअर शर्ट’ पुरस्कारमा करोडौंको नगद उपहार तथा सयौं तोला सुनका जित्ने मौका बाँकी रहेको कम्पनीले जनाएको छ ।

शिवम् सिमेन्ट लिमिटेडले नो कम्प्रमाइजको नारासहित विभिन्न क्षेत्रहरू जस्तै शिक्षा, स्वास्थ्य, खेलकुद, यातायात, वातावरण व्यवस्थापन एवम् वृक्षारोपण, सरसफाई, मनोरञ्जन जस्तो क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ । शिवम् सिमेन्ट नेपालभर नै ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट हो । 

सन् २००९ मा नेपालको केन्द्र भाग हेटौडामा स्थापित सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधियुक्त प्लान्टबाट आफ्नै चुनढुंगाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र शिवम् सिमेन्ट तथाशिवमप्लस सिमेन्ट उत्पादन गरी बिक्रीवितरण गर्दै आएको छ ।

‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौं’, ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ तथा ‘अटुट कम्प्रेसिभ स्ट्रेन्थ’ जस्ता नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय बिक्रीवितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख योजनाहरुमा आफ्नो योगदान दिन सफल भएको जनाइएको छ ।

सिमेन्ट काठमाडौं चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल भवन निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरूमा प्रयोग भएको छ । आईएसओः ९००१, आईएसओः १४००१, ओएचएसएएसः १८००१, आईएसआई र यूआरएस प्रमाणित तथा नेपाल गुणस्तर चिह्न प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्