२३ जेठ २०८३, शनिबार

दिउँसो रोकिएको वर्षा साँझबाट पुनः शुरु हुने

माघ ९, २०७५
दिउँसो रोकिएको वर्षा साँझबाट पुनः शुरु हुने

काठमाडौं। पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा वर्षा र हिमपात भइरहेको छ । 

पश्चिमी वायुको प्रभावले पश्चिम क्षेत्रबाट सोमबारदेखि शुरु भएको वर्षा गएरातिदेखि देशका मध्य तथा पूर्वी भागसम्म फैलिएको मौसमविद् समीर श्रेष्ठले बताउनुभयो ।  उहाँका अनुसार यो क्रम आज रातिसम्म कायम रहनेछ । मङ्गलबार रातिदेखि शुरु भएको वर्षा बुधबार मध्याह्नतिर केही समय रोकिएपनि बेलुकीपखबाट पुनः शुरु हुने मौसमविद् श्रेष्ठले बताउनुभयो । 

आज उपत्यकासहित देशभरि नै बद्ली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना रहेको बताइएको छ । काठमाडौँ उपत्यकाको उच्च पहाडी क्षेत्र फूल्चोकी, चन्द्रागिरिलगायत स्थानमा हिमपात भएको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ । 

देशको पश्चिमी उच्च पहाडी क्षेत्रमा भारी हिमपात भइरहेकोे छ । देशका पश्चिमी भागमा भोलिसम्म यो प्रणालीले प्रभाव पार्नेछ । हिजोदेखि शुरु भएको वर्षाले अझै केही दिन निरन्तरता पाउने बताइएको छ । भोलि एक दिन यो प्रणाली हटेपनि आगामी शुक्रबारबाट पुन :पश्चिमी वायु सक्रिय हुने र त्यसको प्रभावले पानी पर्ने मौसमविद् श्रेष्ठको भनाइ छ । 

देशका अधिकांश भू–भागमा वर्षा र हिमपात भइरहेकाले तापक्रम घट्ने र चिसो बढ्नेछ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम यस वर्ष शून्य डिग्रीसम्म पुगेको थियो । आज वर्षापछि चिसो बढे पनि यसवर्ष शून्य डिग्रीभन्दा तल नर्झने मौसमविद् श्रेष्ठले बताउनुभयो । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँमा ८.१ मिलिमिटर वर्षा भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्