
काठमाडौं- मुस्ताङको मार्फा र कोवाङको बीचमा पर्ने स्थानमा पहिरो जाँदा खोला थुनिएको छ । पहिरोले स्थानीय छैरो खोला थुनिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दियो ।
बिहान करीब ११ बजे गएको पहिरोले थुनिएको खोलाको बहाब बिस्तारै शुरू भएको छ ।
खोला थुनिएको ठाउँभन्दा मुनि कालीगण्डकी नदीमा मिसिनुअघि र पहिरो खसेको भन्दा माथि बस्ती नरहेकाले कुनै खतरा नरहेको प्रहरीले जनाएको छ ।
यद्यपि खोलालाई सहज निकास दिने प्रयासका लागि प्रहरी र सेनाको टोली घटनास्थलमा पुगेको छ ।