२५ असार २०८३, बिहीबार

सय देशका प्रतिनिधि पुगे डाभोस, गाडी चलाउन सडकमा पोखियो नुन

सय देशका प्रतिनिधि पुगे डाभोस, गाडी चलाउन सडकमा पोखियो नुन

काठमाडौं – यतिखेरको ध्यान स्वीट्जरल्याण्डको डाभोसमा केन्द्रित भएको छ । विश्व आर्थिक मञ्च अर्थात् डाभोस सम्मेलनको वार्षिक बैठकमा भाग लिन सयभन्दा बढी मुलुकका प्रतिनिधि डाभोस पुगेका छन् ।

डाभोस सम्मेलनमा भाग लिन विश्वभरबाट राजनीतिक नेता, अर्थविद्, प्राविधिक, अनुसन्धाता तथा नागरिक समाजका अगुवा डाभोस शहर पुगेका छन् । डाभोस सम्मेलन मंगलवारबाट शुरू भइसकेको छ ।

त्यहाँ माइनस १० डिग्री सेल्सियस तापक्रम रहेको र जताततै हिउँ नै हिउँले ढाकिएको रासस प्रतिनिधि तीर्थ भट्टराईले जानकारी गराएका छन् ।

माइनस १० डिग्री सेल्सियस तापक्रममाको वातावरणमा विश्वको आर्थिक अवस्थामा सुधार कसरी ल्याउने भन्ने विषयमा सय भन्दाबढी मुलुकका प्रतिनिधिले छलफल गरिरहेका छन् ।

११ हजार जनाको बसोबास रहेको डाभोस क्लोस्टर्स शहरमा यति बेला करीब ३ जहार प्रतिनिधि बाहिरी मुलुकबाट जाँदा त्यहाँका होटेल भरिभराउ छन् । 

अत्यन्तै चिसो मानिने माइनस १० डिग्री सेल्सियस तापक्रममा सबैतिर हिउँले ढाकिएर डाभोसको सुन्दरतालाई अझ बढाएको छ ।

‘सम्भ्रान्तको क्लब’का नामले समेत चिनिने डाभोस सम्मेलनलाई चीनबाट प्रतिनिधित्व हुनुलाई अर्थपूर्ण रूपमा हेरिएको विश्लेषण गरिएको छ । 

अत्यन्तै चिसोका कारण निरन्तर परिरहेको हिउँ पग्लन नसकेर थुप्रिएको छ । सडक समेत हिउँले ढाकिँदा सडक सञ्चालनका लागि नुनको प्रयोग गरिएको र सडकमा हिउँ नदेखिएको पत्रकार भट्टराईले जनाएका छन् ।

मंगलवारदेखि शुरू भएको सम्मेलनमा विश्व आर्थिक मञ्चका अध्यक्ष क्लाउस स्वाबले विश्वले सामना गरिरहेका प्रतिकूल परिस्थतिलाई सबै मुलुक मिलेर समाधान गर्नुपर्ने बताए ।

salt training

कमेन्ट गर्नुहोस्