०९ साउन २०८३, शनिबार

जनमतको सदुपयोग गर्न सरकारलाई कांग्रेस नेता आचार्यको आग्रह

जनमतको सदुपयोग गर्न सरकारलाई कांग्रेस नेता आचार्यको आग्रह

बेझाड – नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यले जनताले दिएको जनमतको सदुपयोग गर्दै रचनात्मक खालको काम गर्न सरकारलाई आग्रह गरेका छन् ।

पाल्पाको रामपुरमा आज कांग्रेस कार्यकर्तासँगको भेटघाट कार्यक्रममा पूर्वअर्थमन्त्री आचार्यले दुई तिहाइ बहुमतको नेतृत्व गरेको सरकारले एक वर्षमा विकासको प्रत्याभूति जनतालाई दिन नसकेको विचार व्यक्त गरे ।

उनले विकासमा पैसा खन्याएर मात्र देशको आर्थिक समृद्धि हुँदैन, जनतालाई चलायमान र उत्पादनमूलक क्षेत्रमा नलगाएसम्म देशको विकास हुँदैन, भने ।

उनले शक्तिको स्रोत सत्ता होइन जनता हो भन्दै जनतासँग निकट भएर जनताले उठाएका राष्ट्रिय मुद्दाको निकास दिने काम कांग्रेस नेतृत्वको सरकारले गरेको दाबी गरे ।

७२ वर्षको लामो इतिहासमा कम समय सत्तामा बसेर मुलुकमा बढ्दै गरेको हिंसा, दमन शोषणविरुद्ध, जनताको हितका लागि कांग्रेसले काम गरेको उनले चर्चा गरे ।

salt training

कमेन्ट गर्नुहोस्