२६ जेठ २०८३, मंगलबार

पर्यटन वर्षको लोगो बनाउन गण्डकी प्रदेशले गर्‍यो सार्वजनिक आह्वान, ५० हजार पुरस्कार दिइने

पर्यटन वर्षको लोगो बनाउन गण्डकी प्रदेशले गर्‍यो सार्वजनिक आह्वान, ५० हजार पुरस्कार दिइने

बलेवा –गण्डकी प्रदेश सरकारले घोषणा गरेको ‘गण्डकी प्रदेश आन्तरिक पर्यटन वर्ष २०१९’ को लागि उत्कृष्ट लोगो र नारा बनाउनेलाई रु ५० हजार पुरस्कारको घोषणा गरेको छ । लोगो तथा नाराका लागि प्रतिस्पर्धा गर्न सार्वजनिक सूचना जारी गर्दै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पुरस्कारको घोषणा गरेको हो । 

सन् २०२२ सम्म २० लाख पर्यटक भित्र्याउने लक्ष्य अनुसार लोगो र नाराको लागि प्रतिस्पर्धा गराउन लागिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले जानकारी दिए । 

लोगो तथा नारा निर्माणको लागि संस्था वा व्यक्ति जोकोहीले प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रतिस्पर्धामा सहभागीले तयार पारेको लोगो र नारा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको ठेगनामा पढाउन मन्त्रालयले आग्रह गरेको छ । 

इमेलमार्फत् पनि प्रतिस्पर्धामा सहभागी हुन सकिने मन्त्री लम्सालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्