
काठमाडौं — रुसको साइबेरियामा रहेको शहर सर्गुटबाट मस्को जाने एक यात्रुवाहक विमान एयरोफ्लोट एयू १५१५ उड्नेबित्तिकै रक्स्याहाले हंगामा मच्चाउँदा विमानलाई आकस्मिक अवतरण गराउनुपरेको छ ।
रुसी अधिकारीहरूले बताएअनुसार, रक्स्याहाले विमान कर्मचारीहरूलाई आफूसँग हतियार भएको बताएपछि हंगामा भयो । उसले चालक दललाई धम्की दिएर विमानलाई अफगानिस्तानतर्फ जाने आदेश दियो । हाइज्याक भएको
आशंकामा विमान ख्यान्टी म्यानसिस्क शहरदेखि २३० किलोमिटर पर पश्चिममा उत्रन बाध्य भयो ।
विमान एक घन्टासम्म धावनमार्गमा अडियो र यात्रीहरू डराएर विमानमै बसिरहे । यसबीच सुरक्षा निकायहरूले एयरपोर्ट खाली गराए र पूरै इलाकालाई घेरे ।
रक्स्याहाले आत्मसमर्पण गरे । उसविरुद्ध पहिला पनि सार्वजनिक सम्पत्तिमा हानि पुर्याएको मुद्दा छ ।
सुरक्षा एजेन्सीहरूले उसमाथि अपहरणको मामिलामा उसमाथि मुद्दा चलाउने भएका छन् ।
एजेन्सी