३२ असार २०८३, बिहीबार

प्रदेशस्तरीय कुखुरा महोत्सव आजदेखि

प्रदेशस्तरीय कुखुरा महोत्सव आजदेखि

घोराही-  सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति दाङको आयोजनामा बिहीबारदेखि घोराहीमा ५ नं प्रदेशस्तरीय कुखुरा महोत्सव शुरु हुने भएको छ । ‘कुखुरापालन एवम् बजारीकरणको विकास, परनिर्भरमुखी अर्थतन्त्रको निकास’ भन्ने मूल नाराका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । 

कुखुरा तथा दाना व्यवसायी समिति मूल आयोजक समितिका अध्यक्ष नीमबहादुर बुढाथोकीका अनुसार महोत्सवमा ५ नं प्रदेशस्तरको पहिचान झल्किने कुखुरापालनजन्य वस्तुको प्रदर्शनी गरिने छ । कुखुरापालनजन्य उत्पादनका प्रशोधित वस्तुको प्रदर्शनी, बिक्री–वितरण गरिने बताइएको छ । महोत्सव यही माघ १८ गतेसम्म चल्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्