०६ असार २०८३, शनिबार

अपराध महाशाखा र काठमाडौं परिसर हटाउन आयल निगमले लेख्यो पत्र

माघ १०, २०७५
अपराध महाशाखा र काठमाडौं परिसर हटाउन आयल निगमले लेख्यो पत्र

 काठमाडौं– टेकुस्थित नेसनल ट्रेकिङको भवनमा रहेको महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाको कार्यालय हटाउन नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेखेको छ । 

पटक–पटकको पत्रपछि पनि काठमाडौं परिसर र अपराध महाशाखाको कार्यालय नहटाएपछि निगमले मन्त्रालयलाई पत्र लेखेको हो । यसअघि निगमले काठमाडौं परिसर र महाशाखालाई नै पत्र लेखी कार्यालय हटाउन भनेको थियो । मन्त्रालयलाई लेखेको पत्र बोधार्थस्वरूप परिसर र महाशाखालाई समेत दिइएको छ ।  नेसनल ट्रेडिङको उक्त जग्गासहितको संरचना ६ वर्षअघि नेपाल आयल निगमले साँढे तीन अर्ब रुपैयाँमा खरिद गरेको थियो । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

कमेन्ट गर्नुहोस्